ट्रेन्डिङ

मौसमको सूचना वा उद्दार : आपत्कालीन नम्बरहरू याद गरौं

वीरगन्ज । कुनै पनि अप्रत्याशित घटना, विपत्ति वा आपतकालीन अवस्थामा तत्काल सहयोग प्राप्त गर्नका लागि नेपाल सरकारले विभिन्न निकायका अत्यावश्यक हटलाइन नम्बरहरू सार्वजनिक गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले नागरिकहरूलाई यी नम्बरहरूको बारेमा जानकारी राख्न र सही समयमा प्रयोग गर्न आग्रह गरेको छ।

यी हुन् आपत्कालीन अवस्थामा प्रयोग गर्नुपर्ने महत्वपूर्ण नम्बरहरू:

१०० (एक सय) : नेपाल प्रहरी

१०१ (एक सय एक) : दमकल

१०२ (एक सय दुई) : एम्बुलेन्स

१०३ (एक सय तीन) : ट्राफिक

११४४ (एघार सय चौवालिस) : सशस्त्र प्रहरी

११५५ (एघार सय पचपन्न) : स्वास्थ्य (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

११४९ (एघार सय उन्चास) : विपद् उद्दार (राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र)

११५५ (एघार सय पचपन्न) : मौसम तथा बाढी (जल तथा मौसम विज्ञान विभाग)

नागरिकहरूलाई कुनै पनि संकट, दुर्घटना वा विपत्तिको सामना गर्नुपर्दा समयमै यी नम्बरहरूमा सम्पर्क गरी तत्काल सहायता प्राप्त गर्न र ठूलो क्षतिबाट जोगिन सकिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै