ट्रेन्डिङ

हात्ती, घोडा, उँटसहित ५० हजारको सहभागीतामा निकालियो गढीमाई मन्दिरको शोभायात्रा

बारा । बारास्थित गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा सुरु भएको छ । आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

हात्ती, घोडा उटँ, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।

शोभा यात्रामा ५० हजार भक्तजनहरुको सहभागीता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए ।

उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभा यात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गर्नेछ ।

शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि नहर हुदैँ बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन रुट तय भएको मेला आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै