ट्रेन्डिङ

पर्साको जयमंगलापुरमा पुलमुनि भारतीय मोटरसाइकलसहित युवक मृत फेला

वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिका–३, जयमंगलापुरमा आज बिहान एक ३२ वर्षीय युवक मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ।

यो घटनालाई प्रहरीले शङ्कास्पद मानेर गहिरो अनुसन्धान थालेको छ। मृतक जयमंगलापुर नजिकैको झलमहिया गाउँका प्रकाश साह भएको पुष्टि भएको छ। उनी वडा कार्यालयभन्दा करिब १०० मिटर पश्चिममा रहेको झलमहिया–भिस्वा जोड्ने पुलमुनि मृत भेटिएका थिए।

प्रहरीका अनुसार घटनास्थलमा भारतीय नम्बर प्लेट बिआर २२ एएल १२७३ को होण्डा साइन मोटरसाइकलसमेत फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
साहको मृत्युको कारण तत्काल खुल्न सकेको छैन। प्रहरीले अहिले शवलाई पोस्टमार्टमका लागि पठाएको छ भने घटनाको थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै