ट्रेन्डिङ

दशैँमा ‘एकीकृत शक्ति’ निर्माण गर्न राष्ट्रिय मुक्ति पार्टीको आह्वान

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले विजयादशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै दमनकारी र शोषणकारी संरचनाबाट मुक्ति पाउनका लागि उत्पीडित जनसमुदायको एकीकृत शक्ति निर्माण गर्न आह्वान गरेको छ।

दुर्गा माताले असत्यमाथि सत्यको विजय स्थापित गरेझैँ, यो पर्वले उत्पीडन, विभेद र दमनमाथि विजय हासिल गर्ने अदम्य साहस जगाओस् भन्ने कामना गर्दै पार्टीले आफ्नो शुभकामना सन्देश जारी गरेको छ।

पार्टीले आफ्नो मूल दर्शन स्वदेशवादमा केन्द्रित रहेको जनाएको छ, जसले देशको भूमि, भाषा, संस्कृति, ज्ञान र जनताको पहिचानलाई आत्मनिर्भर शक्तिमा रूपान्तरण गर्ने बाटो देखाउँछ। नेपालको भविष्य बहुलराष्ट्रिय राज्य निर्माण मा निहित रहेको पार्टीको अडान छ, जहाँ हरेक जाति, भाषा, धर्म र संस्कृतिले समान सम्मान पाउँदै राष्ट्रको विकासमा योगदान गर्न सकून्।

पार्टीका अनुसार यही मार्गले मात्रै देशमा समृद्धिमा छलाङ सम्भव छ, जसले जनतालाई समान अवसर, सामाजिक न्याय र बलियो आत्मनिर्भर अर्थतन्त्र तर्फ अघि बढाउनेछ।

‘जेनजी क्रान्ति पछिको पुनर्निर्माण’को वर्तमान अवसरलाई सदुपयोग गर्न आह्वान गर्दै राष्ट्रिय मुक्ति पार्टीले सम्पूर्ण उत्पीडित, श्रमजीवी, किसान, मजदुर, युवा, महिला तथा सीमान्तकृत जनसमुदायलाई एकजुट हुन आग्रह गरेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै