ट्रेन्डिङ

दशैँको शुभकामना दिँदै राष्ट्रपति पौडेलको अपिल : संयमित बनेर संसद्को निरन्तरता सुनिश्चित गरौँ

वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले महान पर्व बडा दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले मुलुकमा जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि महत्वपूर्ण अपिल गरेका छन् । उनले तोकिएको निर्वाचन समयमै सम्पन्न गर्न र यसका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न ‘असाधारण परिस्थिति’, मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक क्षतिलाई उपयुक्त व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शक्ति, भक्ति र श्रद्धाको पर्व दशैँको धार्मिक महत्वबारे प्रकाश पार्दै राष्ट्रपतिले यसलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा लिइने बताएका छन् । विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक कथन छ।

राष्ट्रपति पौडेलले दशैँमा हुने पारिवारिक जमघट एवम् पुनर्मिलनले खुसीयाली र हार्दिकता साटासाट गर्ने प्रचलन रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै