ट्रेन्डिङ

फूलपातीको दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । दसैंको फूलपाती पर्वको दिन सोमबार देशभरको मौसम सामान्यतया अस्थिर रहने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर भए पनि स्थानीय वायूको असर कायम रहेकाले धेरै स्थानमा बदली रहने सम्भावना छ।

महाशाखाले जारी गरेको सोमबार बिहानको बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

तराईका केही स्थानमा समेत छिटपुट मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना पनि रहेको छ।

राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने अन्य अधिकांश स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।

यस अवधिमा गण्डकीका केही पहाडी क्षेत्र, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

दशैंको भीडभाड र यात्राको समयसँगै मौसम फेरि बिग्रने संकेत देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा सोमबार बिहानै वर्षा भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै