ट्रेन्डिङ

दसैँको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले के भने ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले यस वर्ष पनि विगतझैँ व्यापक रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराएका छन्।

सन्देशमा पूर्वराजाले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न पूर्वजहरूले गरेका त्याग र बलिदानलाई स्मरण गर्दै त्यसलाई देशको अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्डका रूपमा व्याख्या गरेका छन्।

उनले युवा पुस्तालाई राष्ट्रको भविष्यको आधारस्तम्भ बताउँदै उनीहरूमा निहित देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र नेपाललाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्।

पूर्वराजाको टीका–जमरा ग्रहण गर्न हरेक वर्ष दशैंका बेला देशभरबाट शुभेच्छुकहरू उपस्थित हुने परम्परा रहेपनि उनले यसपटक पनि पूर्ववत् रूपमा ठूलो कार्यक्रम आयोजना नगर्ने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै