ट्रेन्डिङ

सप्तरीमा दशैँ बिदामा सरकारी गाडी चलाउन पास अनिवार्य

राजविराज। चाडपर्वको लामो बिदा अवधिमा सरकारी तथा स्थानीय तहका सवारी साधनहरूको दुरुपयोग रोक्न सप्तरी जिल्ला प्रशासन कार्यालयले कडा नियम लागू गरेको छ।

जिल्ला प्रशासनले एक सूचना जारी गर्दै दशैं, तिहार र छठ पर्वको बिदा अवधीभर कार्यालयको अत्यावश्यक कामकाज बाहेक अन्य प्रयोजनका लागि सरकारी गाडी चलाउन सवारी पास अनिवार्य गरेको छ।

प्रशासन शाखाबाट आज जारी गरिएको सूचना अनुसार बिदाका समयमा सरकारी सवारी साधन प्रयोग गर्नुपरेमा अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट सवारी पास अनुमति लिनुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयले सवारी पास अनुमतिविना बिदाको समयमा कुनै पनि कार्यालयले सवारी साधन प्रयोग गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ।

सवारी पास अनुमति विना कुनै पनि कार्यालयले सवारी साधन प्रयोग गरेको खण्डमा कार्यालय प्रमुख/कर्मचारी स्वयम जिम्मेवार हुनुको साथै नियमानुसार आवश्यक कारवाही समेत हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै