ट्रेन्डिङ

मेयर हर्क साम्पाङले दल दर्ताका लागि दिए निवेदन

वीरगन्ज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले अन्ततः राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्।

मेयर साम्पाङले आफू नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ नामक नयाँ दल दर्ता गराउन आयोगमा औपचारिक प्रक्रिया सुरु गरेका हुन्।

निर्वाचन आयोग स्रोतका अनुसार मेयर साम्पाङ आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिएका थिए। हाल आयोगले दल दर्ताका लागि पेश गरिएका सम्पूर्ण कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको छ।

स्वतन्त्र उम्मेदवारको रूपमा धरानको मेयरमा निर्वाचित भई आफ्नो काम गर्ने शैलीका कारण चर्चामा रहेका साम्पाङले अब ‘श्रम संस्कृति पार्टी’ मार्फत औपचारिक रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गर्न खोजेको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै