वीरगन्ज । वीरगन्जको बहुवरीबाट एक महिलाको उद्दार गरिएको छ ।
शनिबार राती नाम थर बताउन नसक्ने गर्भवती महिलाको उद्दार गरिएको मानव सेवा आश्रम वीरगन्जले जनाएको छ ।
वडा प्रहरी कार्यालयको प्रहरी सहायक निरिक्षक भुलेन्द्र गिरी र सामजिक अभियन्ता प्रकाश थारुले अन्दाजी ३० वर्षकी महिलाको उद्दार गरि आश्रममा ल्याएका मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए । उनका अनुसार ति गर्भवती महिलासँग पटकपटक नाम तथा ठेगाना सोध्दा समेत खुलाउन सकिनन् ।
उद्दार गरिएकी महिलाको मानसिक तथा नशा रोग विशेषज्ञ डा. भरत गोइत तथा नारायणी अस्पतालकी नर्स हेमा थापाको निगरानीमा उपचार गरिने आश्रमले जनायो ।