ट्रेन्डिङ

अर्थ मन्त्रालयको निर्देशनमा दशैँको टीकामा पनि वीरगन्ज भन्सारले सेवा दिने

वीरगन्ज । यस वर्षको दशैँ पर्वमा पनि वीरगन्ज भन्सार कार्यालयले सेवाग्राहीका लागि आफ्नो सेवा सुचारु राख्ने भएको छ।

पछिल्ला वर्षहरूमा दशैँको समयमा कार्यालय पूर्ण रूपमा बन्द हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालयको विशेष निर्देशनमा भन्सार सेवा सञ्चालन गर्न लागिएको प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।

प्रमुख ज्ञवालीका अनुसार, यस वर्ष दशैँको टीकाको दिनसमेत भन्सार कार्यालय खुल्नेछ र नियमित रूपमा सेवा प्रदान गरिनेछ।

पछिल्लो समयमा मुलुकमा देखिएको जेनजी आन्दोलनपछि उत्पन्न आर्थिक समस्यालाई छिटो ट्रयाकमा ल्याउन र आयात–निर्यात प्रक्रियालाई सहज बनाउन अर्थमन्त्री रामेश्वर खनालले यस्तो निर्णय गरेको बुझिएको छ।

दशैँलगायतका लामो बिदामा भन्सार कार्यालय बन्द हुँदा आयातित आवश्यक सामग्री तथा खाद्यान्नहरू भन्सारमै थन्किने र खाद्यान्न कुहिएर जाने जस्ता समस्याहरू पटक–पटक आउने गरेका थिए। सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न तथा चाडपर्वको समयमा बजारमा वस्तुहरूको आपूर्ति कायम राख्नका लागि मन्त्रालयले बिदाको समयमा पनि भन्सार सेवा जारी राख्ने महत्त्वपूर्ण कदम चालेको प्रमुख ज्ञवालीको भनाइ छ।

यस निर्णयले चाडपर्वको बेला मालवस्तु निकासी तथा पैठारी गर्ने व्यवसायीहरूलाई ठूलो राहत मिल्ने र आपूर्ति व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै