ट्रेन्डिङ

युलेन्स स्कुल व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा

वीरगन्ज । निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा स्कुलमा तोडफोड र आगजनी भएर भौतिक संरचना पूर्णरुपमा नष्ट भएपछि उनले राजीनामा दिएकी हुन् ।

काठमाडौं र ललितपुरका दुवै युलेन्स स्कुलको अध्यक्ष पदबाट राणाले राजीनामा दिएको जानकारी हालै बसेको अभिभावकहरूको बैठकमा गराइएको छ।

अभिभावक स्रोतका अनुसार युलेन्सले अब नयाँ योजनाका साथ विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। भावी रोडम्याप अनुसार अब विद्यालय सञ्चालनका लागि अभिभावकबाटै ट्रष्टी छान्ने प्रक्रिया अगाडि बढ्नेछ।

युलेन्सले जारी गरेको विज्ञप्तिमा डा. राणालाई शिक्षा ऐनअनुसार साबिकको जिल्ला शिक्षा कार्यालयले व्यवस्थापन समितिमा नियुक्त गरेको र उनको संलग्नता सामुदायिक विद्यालयको व्यवस्थापन समिति सरहको ‘अपनत्वको हदसम्म’ मात्र रहेको स्पष्ट पारेको थियो। युलेन्सले ‘नाफा कमाउने व्यवसाय’को रूपमा दुष्प्रचार गरिएका कारण स्कुल अफवाहको सिकार भएको जनाएको थियो।

हाल युलेन्समा अनलाइन माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ। विद्यालयले कक्षा १० देखि १२ र आइबीको कक्षा दशैंपछि भौतिक उपस्थितिमा सञ्चालन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै