वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी गरेका छन्।
यस अध्यादेशले आगामी निर्वाचनको प्रक्रियालाई अगाडि बढाउने बाटो खोलेको छ।
बुधबार जारी भएको यो अध्यादेशले ‘मतदाता नामावली ऐन, २०७३’ लाई संशोधन गर्नेछ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी भएको यस अध्यादेशसँगै निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचनको तयारी अगाडि बढाउन कानुनी आधार प्राप्त भएको छ।
हाल संसद् नरहेको अवस्थामा सरकारले देश सञ्चालनका लागि अध्यादेशको सहारा लिनुपर्ने बाध्यता छ। सोहीअनुरूप अन्तरिम सरकारले ल्याएको यो पहिलो अध्यादेशलाई निर्वाचनको लागि आवश्यक पहिलो कानुनी कदमका रूपमा हेरिएको छ।
