ट्रेन्डिङ

जनमत पार्टीका असन्तुष्ट नेताहरुद्वारा ‘जनस्वराज पार्टी’ गठन

वीरगन्ज । जनमत पार्टीबाट निष्कासित भएका नेताहरूले जनस्वराज पार्टी नामक नयाँ राजनीतिक दलको घोषणा गरेका छन्।

पुरानो राजनीतिक नेतृत्वको असफलता र भ्रष्टाचारले देशमा निम्त्याएको बेथितिविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने उद्देश्यका साथ यो पार्टी गठन गरिएको हो।

ई. दीपक साहको संयोजकत्वमा जनकपुरधाममा भएको दुई दिने भेलाले यो नयाँ पार्टीको घोषणा गरेको हो। साह, जो पहिले जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष थिए, ले अब जनताले नै आफ्नो भविष्यको फैसला गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीको संरचनालाई थप व्यवस्थित बनाउन डा. संजयकुमार साहको संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादवको संयोजकत्वमा आर्थिक विभाग पनि गठन गरिएको छ। सुरेन्द्र नारायण यादव जनमत पार्टीमा कोषाध्यक्षको जिम्मेवारीमा थिए।

जनस्वराज पार्टीले केही महत्वपूर्ण एजेन्डाहरू पनि अगाडि सारेको छ, जसमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति र स्थानीय स्वायत्ततासहितको कार्यकारी राष्ट्रपति प्रणाली प्रमुख छन्। यसका साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा महिला, युवा, दलित, मुस्लिम, किसानलगायतका पिछडिएका वर्गको सशक्तीकरणलाई पनि पार्टीले प्राथमिकतामा राखेको छ। बाँकी विभागहरू पनि छिट्टै गठन गरिने संयोजक साहले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै