ट्रेन्डिङ

प्रदेश सरकार विघटन गरी सङ्घीयता बलियो बनाउनुपर्छ : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान भ्रष्ट व्यवस्थालाई सुधार्न प्रदेश सरकारहरू विघटन गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले प्रदेश सरकार खारेज गरेर मात्रै सङ्घीयतालाई बलियो बनाउन सकिने तर्क प्रस्तुत गरे।

साहले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र अनियमितताको मुख्य जड दलाल दलतन्त्र भएको भन्दै त्यसलाई आम जनताको शासनले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आजपाले दुई वर्षअघि नै तेस्रो जनआन्दोलनको घोषणा गरेको स्मरण गर्दै हालको जेनजीको जनविद्रोह त्यसैको जगमा उठेको बताए।

साहले अहिलेको संविधान र व्यवस्था नै गलत भएकोले नेपाली जनताको अवस्था खराब भएको दाबी गरे। उनले भने, ‘यो संविधान खारेज गरेर भए पनि जेनजीका मागहरू सम्बोधन गर्नुपर्छ, किनकि यही व्यवस्था कायम राखेर उनीहरूको माग पूरा हुन सक्दैन। उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र दलहरूको लुटतन्त्रका कारण धराशायी हुँदै गएको आरोप समेत लगाए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै