
जनकपुर । बाढी तथा डुबानमा परि ज्यान गुमाएकाको परिवारलाई मधेश प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ ।
असोज ११ र १२ गतेकोे अविरल वर्षापछि आएको बाढी तथा डुबानमा परी ज्यान गुमाएकाको परिवारलाई राहत स्वरुप एक÷एक लाख रुपैँया उपलब्ध गराउने भएको हो ।
मुख्यमन्त्री सतिश सिंहले प्राकृतिक विपत्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश सरकारले मृतकका परिवारलाई क्षर्तिपूर्तीवापत सो रकम दिने घोषणा गरे ।
उनले बाढी तथा डुबानका कारण प्रभावित सर्वसाधारणहरुलाई राहत उपलब्ध गराउन एकद्धार प्रणाली लागु गर्न प्रदेशस्थित ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशनसमेत दिएका छन् ।
यस्तै प्रभावित परिवार तथा बस्तीमा राहत एवम् पूनस्र्थापना कार्य चुस्त दुरुस्त एवम् प्रभावकारी बनाउन स्थानीय तह प्रमुखहरुसँग आग्रह गरेका छन् ।
निरन्तरको वर्षामा आफ्नो ज्यान जोखिममा राखि अहोरात्र खोज, उद्दार तथा राहतमा खटिएका सुरक्षा अधिकारी, सुरक्षाकर्मी, निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा समाजसेवीहरुलाई उनले धन्यवाद दिए ।