ट्रेन्डिङ

झलनाथ खनालकी पत्नीले गुमाइन बायाँ हात

वीरगन्ज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले जेनजी आन्दोलनको क्रममा आफ्नो निवासमा भएको आगजनीमा परेर बायाँ हात गुमाएकी छिन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको शल्यक्रियापश्चात बायाँ हात काटिएको हो।

अस्पताल स्रोतका अनुसार, आगजनीबाट गम्भीर घाइते भएकी चित्रकारको अवस्था जटिल भएपछि चिकित्सकको सल्लाहमा हात काट्नुपरेको हो। पारिवारिक स्रोतले पनि यसको पुष्टि गरेको छ।

पारिवारिक स्रोतका अनुसार, उनलाई बायाँ हातबाट एन्टिबायोटिक दिइएको थियो, तर संक्रमण बढ्ने जोखिम भएपछि हात काट्ने निर्णय गरिएको हो।

शल्यक्रियापछि चित्रकारलाई वार्डमा सारिएको छ र उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।

गत भदौ २४ गते प्रदर्शनकारीले खनालको निवासमा तोडफोड र आगजनी गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै