ट्रेन्डिङ

पर्सामा कर्फ्यू हटाइयो, घण्टाघर र कारागार क्षेत्र दङ्गाग्रस्त कायमै

वीरगन्ज । पर्सा जिल्लामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। जेनजी आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै लगाइएको रात्रिकालीन कर्फ्यू हटाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो।

अब वीरगन्ज महानगरपालिकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्दै आएको कर्फ्यू हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचना अनुसार, कर्फ्यू हटाइए पनि वीरगन्ज महानगरपालिकाका दुई क्षेत्रलाई भने ‘दङ्गाग्रस्त क्षेत्र’ कायमै राखिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम ती क्षेत्रहरूलाई अर्को आदेश नभएसम्म दङ्गाग्रस्त घोषित गरिएको छ।

घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र सोको कम्पाउन्डभित्रको क्षेत्रलाई दङ्गाग्रस्त घोषित गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हस्ताक्षर गरेको सूचनामा शान्ति सुव्यवस्था कायम राख्नका लागि यो निर्णय गरिएको उल्लेख छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै