ट्रेन्डिङ

लुटिएका सामान किनबेच नगर्न रौतहट प्रहरीको आग्रह

वीरगन्ज । नेपाल प्रहरीले हालै भएको ‘जेनजी युवा आन्दोलन’का क्रममा लुटिएका सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, र व्यापारिक प्रतिष्ठानहरूबाट लुटिएका सामान बजारमा बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले यो चेतावनी दिएको हो।

रौतहटको जिल्ला प्रहरी कार्यालयले आज एक सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा लुटिएका सुनचाँदीका गरगहना, ऐतिहासिक दस्तावेज, हातहतियार, र नगदलगायतका सामानहरू विभिन्न माध्यमबाट बिक्री भइरहेको जानकारी दिएको हो। प्रहरीले त्यस्ता सामानहरू बिना बिल भरपाई खरिद–बिक्री नगर्न सबैलाई अनुरोध गरेको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु कार्कीले जारी गरेको सूचनामा भनिएको छ, ‘बिल भरपाई बिनाका सुनचाँदीका गरगहना तथा अन्य कुनै पनि सामग्री खरिद–बिक्री नगर्नरनगराउन हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नु हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ।’

प्रहरीले ती सामानहरू विभिन्न पसलमा आउन सक्ने सम्भावना रहेको भन्दै व्यापारी र सर्वसाधारण दुवैलाई सचेत गराएको छ। नेपाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको र लुटिएका सामानको किनबेचमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने पनि जनाएको छ।

यो सूचनाले जेनजी आन्दोलनले निम्त्याएको अराजकताको गम्भीरतालाई थप उजागर गरेको छ, जहाँ विरोध प्रदर्शनको आडमा आपराधिक गतिविधि पनि भएका थिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै