ट्रेन्डिङ

मधेशका मुख्यमन्त्री सिंहलाई साधारण सदस्यबाट निलम्बन गर्न माग

जनकपुरधाम । जनमत पार्टीको मधेश प्रदेश कमिटीले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेको छ।

पार्टी अनुशासनविपरीतका गतिविधि गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिस पत्र पठाइएको हो।

जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहमाथि कारबाहीको माग गरिएको पुष्टि गरेका छन्। उनका अनुसार, मुख्यमन्त्रीले पार्टीको नीति, निर्णय र अनुशासनविपरीतका काम गरेको आरोप लगाइएको छ।

आज मात्रै जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवसहित ६ जना शीर्ष नेताहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएका थिए। यस घटनापछि पार्टीभित्रको आन्तरिक विवाद झन् गहिरिएको छ।

मुख्यमन्त्री सतिश सिंहमाथि कारबाहीको माग गरिनुलाई पनि सोही आन्तरिक विवादको निरन्तरताका रूपमा हेरिएको छ। पार्टीको संसदीय दलले मुख्यमन्त्रीमाथि कारबाहीको निर्णय गरी केन्द्रीय कार्यालयमा पठाएपछि अब यो विषयमा केन्द्रले के निर्णय लिन्छ भन्ने कुरा चासोको विषय बनेको छ।

यस घटनाले मधेश प्रदेशको राजनीतिक समीकरणमा पनि असर पर्न सक्ने सम्भावना रहेको छ। यदि केन्द्रले मुख्यमन्त्री सिंहमाथि कारबाहीको निर्णय गरेमा प्रदेश सरकारको नेतृत्वबारे पनि नयाँ बहस सुरु हुने देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै