ट्रेन्डिङ

एमालेले च्यासलमा संविधान दिवस मनाउने

वीगरन्ज । नेकपा एमालेले संविधान दिवसको अवसरमा असोज ३ गते पार्टीको केन्द्रीय कार्यालय परिसर, च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

बुधबार बसेको पार्टीका जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज तथा केन्द्रीय विभाग प्रमुखहरूको बैठकले यो निर्णय गरेको हो।

बिहान ८ बजे सुरु हुने उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका एमालेका सबै नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ। यो बैठकमा पार्टीका उपाध्यक्ष गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याल र रघुवीर महासेठलगायतका शीर्ष नेताहरू उपस्थित थिए।

२०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको थियो र सोही दिनलाई प्रत्येक वर्ष संविधान दिवसका रूपमा मनाइँदै आएको छ। एमालेले यस वर्ष आफ्नै कार्यालयमा संविधान दिवस मनाएर संविधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिन खोजेको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै