ट्रेन्डिङ

बाघको आक्रमणपछि बाराको वन क्षेत्रमा प्रवेश निषेध

वीरगन्ज । बाराको वन क्षेत्रमा बाघको आक्रमणबाट केही मानिसको मृत्यु भएपछि वन कार्यालयले सो क्षेत्रमा प्रवेशमा रोक लगाएको छ।

डिभिजन वन कार्यालय, बाराले मंगलबार एक सूचना जारी गर्दै जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २२ र ४ को वनमा वन्यजन्तुको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।

वन ऐन, २०७६ अनुसार लागू गरिएको यो प्रतिबन्ध असोज १ देखि ७ गतेसम्म जारी रहनेछ। यस अवधिमा वनभित्र दाउरा, घाँसपात, च्याउ, सोत्तर सङ्कलन गर्न, घरपालुवा जनावर लैजान वा पिकनिक मनाउन पूर्ण रूपमा रोक लगाइएको छ। साथै, पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा गाडी रोक्न वा पार्किङ गर्न पनि निषेध गरिएको छ।

डिभिजनल वन अधिकृत राजीव कुमार झाले अति आवश्यक काम परेमा मात्र वन कार्यालयको सहमति लिएर प्रवेश गर्न सकिने जानकारी दिनुभएको छ। यदि कसैले नियम उल्लङ्घन गरी प्रवेश गरेमा कानुनबमोजिम कारबाही हुने र कुनै पनि क्षति भएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंले लिनुपर्ने सूचनामा स्पष्ट पारिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै