ट्रेन्डिङ

विषालु रक्सीले लियो ज्यान : बारामा भारतीयसहित तीनको मृत्यु

वीरगन्ज। बाराको सुवर्ण गाउँपालिकामा विषालु रक्सी सेवनका कारण एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

आइतबार रक्सी सेवन गरेपछि बिरामी परेका उनीहरूको सोमबार उपचारका क्रममा भारतको कटगेनवा बजारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कवहीगोठले पुष्टि गरेको छ। मृत्यु हुनेहरूमा भारत बिहारका अजमुल मियाँ र सुवर्ण गाउँपालिका–३ का रविशंकर यादव र गोपाल यादव छन्।

बिहारमा रक्सीमाथि प्रतिबन्ध लागेपछि दशगजा क्षेत्रमा भारतीय नागरिकलाई लक्षित गरी अवैधानिक मदिरा पसलहरू सञ्चालनमा आएको स्थानीयले बताएका छन्।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सोनु कुमार मिश्रका अनुसार, मृतकले रक्सी सेवन गरेको प्रारम्भिक जानकारी आए पनि उनीहरूको मृत्युको वास्तविक कारण मेडिकल रिपोर्ट आएपछि मात्र खुल्नेछ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै