ट्रेन्डिङ

ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता उठाउने

वीरगन्ज । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।

शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन्। यस क्रममा उनले दुई महत्त्वपूर्ण निर्णय र घोषणा गरेका छन्।

मन्त्री घिसिङले पदभार सम्हाल्दै गरेको पहिलो निर्णय नेपाल विद्युत् प्राधिकरणको बाँकी बक्यौता रकम उठाउने रहेको छ। लामो समयदेखि विभिन्न निकाय र व्यक्तिहरूबाट प्राधिकरणले पाउनुपर्ने करोडौँ रुपैयाँ बक्यौता रहेको छ। यो निर्णयले प्राधिकरणको आर्थिक अवस्था सुधार गर्न र वित्तीय अनुशासन कायम गर्न मद्दत पुग्ने बताइएको छ ।

घिसिङले खादा, माला, अबिर वा अन्य कुनै पनि स्वागत सामग्री नलिने घोषणा गरेका छन्। उनले काममा ध्यान केन्द्रित गर्न र फजुल खर्च नियन्त्रण गर्न यो निर्णय गरेको बताएका छन्।

मन्त्री घिसिङले ऊर्जा क्षेत्रको सुधारका लागि तत्कालै काम सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै