
काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापामारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा छापा हानेको हो ।
अख्तियारले कार्यालयबाट केही कागजातहरु समेत बरामद गरेको जनाएको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको जनाइएको छ ।
अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।