ट्रेन्डिङ

नयाँ मन्त्रीका निर्णयः मृतक परिवारलाई १ लाख राहत, खर्च कटौती र टुक्रे योजना खारेज

वीरगन्ज । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गरेका छन्।

शीतल निवासमा शपथ लिएलगत्तै उनीहरूले आ–आफ्नो मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। पदभार ग्रहणसँगै दुवै मन्त्रीले केही महत्त्वपूर्ण निर्णय र घोषणा गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै जेनजी आन्दोलनको घटनामा मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेका छन्। उनले मृतकका परिवारलाई काजकिरिया बापत प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। यसका साथै, राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय पनि भएको उनले जानकारी दिए।

त्यसैगरी अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्दै तयारी नभएका र टुक्रे आयोजनाहरू खारेज गर्ने बताएका छन्। उनले फजुल खर्च नियन्त्रण गर्ने र पूर्वाधार तयारी नभएका आयोजनाहरूको काम अगाडि नबढाउने प्रतिबद्धता व्यक्त गरे। अर्थतन्त्र सुधारका लागि आफ्नो अध्यक्षतामा गठित उच्चस्तरीय सुझाव समितिले दिएका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने पनि उनले उल्लेख गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै