वीरगन्ज। वेस्ट इन्डिजसँग हुने टी–२० सिरिजका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । यो टोलीमा आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।
नेपाल ‘ए’ टिमबाट उत्कृष्ट प्रदर्शन गरेका आदिल र सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ । यो सिरिज सेप्टेम्बर २७, २९ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) मा हुनेछ । क्यानले यस सिरिजलाई ‘युनिटी’ नाम दिएको छ ।
घोषित नेपाली टोली
रोहित पौडेल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
आसिफ शेख
सन्दीप लामिछाने
कुशल भुर्तेल
लोकेश बम
कुशल मल्ल
आदिल आलम
आरिफ शेख
सन्दीप जोरा
करण केसी
नन्दन यादव
गुल्सन झा
ललित राजवंशी
सोमपाल कामी
शाहब आलम