वीरगन्ज । सुन र चाँदीको भाउमा पछिल्ला केही दिनदेखि उतारचढाव देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ भने सुनको भाउ पनि सामान्य रूपमा बढेको छ ।
चाँदीको मूल्यले नयाँ उचाइ चुमेको छ । गत शुक्रबार प्रतितोला २५६५ रुपैयाँको रेकर्ड बनाएको चाँदीको भाउ आइतबार २५७० रुपैयाँ र सोमबार २५७५ रुपैयाँ पुगेको छ । यसरी चाँदीको मूल्यले केही दिनयता लगातार नयाँ रेकर्ड कायम गरेको छ ।
सुनको भाउमा सामान्य वृद्धि चाँदीजस्तै सुनको भाउमा पनि सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबारका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । यद्यपि, गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।