ट्रेन्डिङ

देशभरका सरकारी कार्यालय र विद्यालय भोलिबाट खुल्ने

वीरगन्ज । देशभरका सरकारी कार्यालय र शैक्षिक संस्थाहरू भोलि (आइतबार) बाट पुनः सञ्चालनमा आउने भएका छन्।

हालैको आन्दोलनका कारण बन्द भएका सेवाहरू स्थिति सामान्य बनेपछि सुचारु गर्न लागिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७५३ वटा स्थानीय तहलाई अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले भने, ‘जहाँ कार्यालयहरूमा क्षति भएको छ, त्यहाँ वैकल्पिक स्थानबाट भए पनि सेवा दिन भनिएको छ।

लामो समयदेखि अत्यावश्यक सरकारी कामकाज ठप्प हुँदा सर्वसाधारणलाई निकै कठिनाइ भएको थियो। अब कार्यालयहरू खुल्ने भएपछि सेवाग्राहीलाई राहत मिल्नेछ।

यसैगरी, शिक्षा मन्त्रालयले पनि देशभरका विद्यालयहरू खोल्न तयारी गरेको छ। मन्त्रालयका उपसचिव मधुप्रसाद घिमिरेका अनुसार, अधिकांश स्थानीय तहहरूले आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने सूचना आएको छ। यद्यपि, स्थानीय तहको निर्णयअनुसार सम्बन्धित ठाउँको अवस्था हेरेर विद्यालयहरू खुल्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै