ट्रेन्डिङ

‘दाइको न भाइको’, ‘जनताको कांग्रेस’ बनाउने नेता कोइरालाको घोषणा

वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ बनेको अन्तरिम सरकारले आम नागरिकको विश्वास जितेर काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

पछिल्लो राजनीतिक अवस्था र ‘जेनजी’ आन्दोलनबारे आफ्नो धारणा राख्दै उनले यो सरकार युवा ऊर्जा र चेतनाको प्रतिबिम्ब भएको उल्लेख गरे ।
डा. कोइरालाले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिमाथिको लुटपाट, आगजनी र नेपाली कांग्रेसका सभापतिमाथि भएको दुर्व्यवहारको भने कडा आलोचना गरेका छन् । उनले यसलाई ‘जघन्य अपराध’ को संज्ञा दिँदै सभ्य समाजमा यस्ता कार्य स्वीकार्य नहुने बताए ।

पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता रहेको बताउँदै उनले अब विगतको पश्चात्तापमा समय खेर फाल्नुको सट्टा भविष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले बीपी कोइराला, गणेशमान सिंह लगायतका अग्रज नेताहरूको पदचिन्ह पछ्याउँदै पार्टीले नयाँ दिशा लिनुपर्ने सुझाव दिए ।

डा. कोइरालाले ंजेनजी’ आन्दोलनले दुई ठूला दललाई सत्ताबाट बाहिरिन बाध्य पारेको स्वीकार गर्दै कांग्रेसले युवा र समाजको भावना बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन् । उनले अब कांग्रेस ‘दाइको र भाइको’ नभई जनताको हुनुपर्ने र जनताको विश्वास जित्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै