वीरगन्ज । नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। यससँगै उनी नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।
शपथ लगत्तै, प्रधानमन्त्री कार्कीको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ। यो कदम हालसम्मको आधा कार्यकाल पूरा गरिसकेको संसद्लाई विघटन गर्ने दुर्लभ घटना हो। प्रधानमन्त्रीको नियुक्ति हालैको ‘जेन-जी’ आन्दोलनको परिणामस्वरुप भएको थियो।