ट्रेन्डिङ

जेनजी आन्दोलनका फोटो–भिडियो प्रमाण पठाएर सहयोग गर्न प्रहरीको अनुरोध

वीरगन्ज । नेपाल प्रहरीले भदौ २३ र २४ गते देशभर भएका विरोध प्रदर्शनका क्रममा भएका हिंसात्मक घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास फैलाउने कार्यसँग सम्बन्धित प्रमाणहरू संकलन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा, तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न सहयोग पुगोस् भनी सर्वसाधारणसँग आग्रह गरेको हो।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा भएको आन्दोलनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए [email protected] मा पठाएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गरिएको छ।

यसअघि, जेनजी आन्दोलनको नाममा भएको हिंसा, आगजनी र लुटपाटको घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीको यो कदमले शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्दै, कानुन हातमा लिने र अराजकता फैलाउने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन खोजेको देखिन्छ। यसअघि नै नेपालभर विभिन्न स्थानमा सेनाले सुरक्षाको जिम्मा लिएको र कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै