ट्रेन्डिङ

मधेसका जेल तोडफोड : १०८० कैदीबन्दी भागे

वीरगन्ज । मधेसका विभिन्न जिल्लास्थित जेलहरूबाट एकैपटक ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरी, महोत्तरी, रौतहट र पर्सास्थित बाल सुधार गृह गरी चार जिल्लाबाट जम्मा १ हजार ८० जना कैदीबन्दी भागेका हुन् ।

प्रहरी तथ्यांकअनुसार सप्तरी जिल्ला कारागारमा रहेका ३९७ मध्ये २०५ जना कैदी फरार भएका छन् ।

त्यस्तै, रौतहटको २९२ कैदीमध्ये २३२ जना, महोत्तरीको ५७६ मध्ये ५७५ जना कैदी भागेका छन् ।

यसैगरी वीरगन्जस्थित बाल सुधार गृहबाट ६८ जना बालबालिका फरार भएको पुष्टि भएको छ ।

प्रदेश प्रहरीका प्रवक्ता कमल थापाले हालैको जेनजी आन्दोलनपछि जेलभित्रको अवस्था असामान्य बनेको र त्यसैको अवसरमा कैदीहरूले तोडफोड गर्दै फरार भएको बताए ।

उनका अनुसार भागेका कैदीमध्ये लागुऔषध कारोबार, बलात्कार, हत्या जस्ता गम्भीर अपराधमा संलग्नहरू पनि रहेका छन् ।

प्रहरीले फरार कैदीहरूको खोजी तीव्र बनाएको दाबी गर्दै उनीहरूलाई चाँडै नियन्त्रणमा ल्याइने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै