वीरगन्ज । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने क्रम बढेसँगै काठमाडौंको डिल्लीबजार कारागारमा पनि तनाव उत्पन्न भएको छ।
आफूहरू पनि भाग्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेका छन्। अहिले कारागारभित्र आगो दन्किरहेको छ र कैदीबन्दीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाले हस्तक्षेप गरेको छ। कारागारको बाहिरी भागमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ।
हालै देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागेका घटना सार्वजनिक भएका छन्। यसैको सिको गर्दै डिल्लीबजारका कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका हुन्। यद्यपि, सुरक्षाकर्मीको कडा निगरानीका कारण उनीहरूको प्रयास सफल हुन सकेको छैन।