वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु खोलेको छ ।
वीरगन्जको अवस्था साम्य भएको भन्दै १२ घन्टापछि कर्फ्यु खोलेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले कर्फ्यु खोल्न निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
उनका अनुसार अहिले वीरगन्जको अवस्था तनावग्रस्त छैन, त्यहीकारण खोलिएको हो ।
सोमबार राती वीरगन्जको प्रदर्शन उग्र बनेपछि राती ९ बजेदेखि बिहान ९ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो ।