ट्रेन्डिङ

गृहमन्त्री रमेश लेखकले बुझाए राजीनामा

काठमाण्डौं । संघ सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा बुझाएका हुन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।  

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै