ट्रेन्डिङ

दर्ता प्रक्रियाका लागि ट्विटर सरकारको सम्पर्कमा, फेसबुक अझै मौन

वीरगन्ज । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि विश्वव्यापी रूपमा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर)ले नेपालमा दर्ता प्रक्रिया अगाडि बढाउन चासो देखाएको छ।

यससँगै, ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा औपचारिक पत्राचार भएको छ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले आज ट्विटरबाट इमेल प्राप्त भएको पुष्टि गरेका छन्। इमेलमा ट्विटरले नेपालमा दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे जानकारी मागेको थियो। मन्त्रालयले पनि जवाफमा आवश्यक सबै कागजातहरूको सूची पठाएको ठाकुरले बताए।

‘हामीले आवश्यक कागजातहरूको विवरणसहित जवाफ पठाइसकेका छौँ,’ उनले भने, ‘कागजात प्राप्त भए लगत्तै हामी दर्ता प्रक्रिया तत्काल अगाडि बढाउँछौं।’

तर, अर्को महत्त्वपूर्ण सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक भने हालसम्म सरकारको सम्पर्कमा नआएको मन्त्रालयले जानकारी दिएको छ। प्रवक्ता ठाकुरले फेसबुकले व्यक्तिगत स्तरमा कसैसँग सम्पर्क गरेको भए पनि आधिकारिक रूपमा कुनै पत्राचार नगरेको स्पष्ट पारेका छन्।

यसैबीच, नेपाली प्लेटफर्म ‘हाम्रो पात्रो’ ले भने दर्ताका लागि आवश्यक सबै कागजातहरू हिजो नै मन्त्रालयमा बुझाएको छ। यसले नेपाल सरकारको निर्णयले विदेशी सामाजिक सञ्जालहरूलाई नेपालमा कानुनी रूपमा सञ्चालन गर्न बाध्य पार्ने देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै