ट्रेन्डिङ

हिरासतबाट किरण साहको प्रश्न : ‘अभिभावकसँग रिसाउँदा जेल हाल्नुपर्छ त ?, ‘ पावरको दुरुपयोग’ गरेर मलाई फसाइयो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवादपछि पक्राउ परेकी किरण साहले आफूमाथि अन्याय भइरहेको बताएकी छन् ।

पेटको समस्याका कारण सामान्य उपचारपछि पुनः हिरासतमा ल्याइँदै गर्दा उनले मन्त्री यादवसँग पुरानै चिनजान रहेको र सहयोगको अपेक्षाले फोन गरेको बताएकी हुन्।

किरणका अनुसार, मन्त्री यादवसँग उनको एउटा कार्यक्रममा भेट भएको थियो र त्यही बेला मन्त्रीले उनलाई आफ्नो नम्बर दिएका थिए। उनले भनिन्, ‘अस्ति घरमा सबैलाई हैजाले सताएपछि मन्त्रीज्यूलाई फोन गरें। खासमा आफ्नो समस्या सुनाउनका लागि फोन गरेको हुँ।’

किरणले थप प्रष्ट पार्दै भनिन्, ‘हैजाको संक्रमणले बुवाआमा बिरामी हुनुभयो, त्यसपछि मेरी बहिनीको छोरीको अवस्था गम्भीर भयो। उपचारका लागि ठाउँ पाउन मुस्किल भयो।’ यही विषयमा सहयोग माग्न मन्त्रीलाई फोन गरेको उनले बताइन्।

किरणले मन्त्रीलाई पटक–पटक फोन गर्दा पनि नउठेको र एकपटक उठेपछि आक्रोश पोखेको स्वीकार गरिन्। उनले भनिन्, ‘मन्त्रीज्यू हाम्रो अभिभावक भएकाले फोन गरेको हुँ, तर त्यही फोनले मलाई थुनामा पुर्‍यायो।’ उनले थप प्रश्न गर्दै भनिन्, ‘अभिभावकसँग रिसाएर चर्को स्वरमा कुरा गर्दा जेल नै हाल्नुपर्छ त ?’

उनले आफूमाथि ‘पावरको दुरुपयोग’ गरेर मुद्दा चलाइएको आरोप लगाइन्। उनले आफूले १०० भन्दा बढी पटक फोन गर्दा पनि कुनै पहल नभएपछि बाध्य भएर उक्त अडियो सामाजिक सञ्जालमा राख्न लगाएको दाबी गरेकी छिन्।

किरण साहलाई मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा विद्युतीय कारोबारसम्बन्धी अपराध, ज्यान मार्ने धम्की र झुटो अफवाह फैलाएको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै