ट्रेन्डिङ

जनमत पार्टीको देशव्यापी अभियान, राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रम घोषणा

वीरगन्ज । जनमत पार्टीले देशका विभिन्न जिल्लाहरूमा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ।

यो कार्यक्रम भदौ ३० गतेदेखि असोज ५ गतेसम्म चल्नेछ। पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार, यो अभियान संगठनलाई थप चुस्त र क्रियाशील बनाउने उद्देश्यले सुरु गरिएको हो।

पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको प्रमुख आतिथ्यमा हुने यस कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका र वडाका अध्यक्ष तथा सचिवहरू सहभागी हुनेछन्।

कार्यक्रमको तालिका अनुसार, पहिलो दिन बाँके र बर्दियामा बैठक हुनेछ भने त्यसपछि क्रमशः कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा कार्यक्रमहरू सञ्चालन हुनेछन्।

पार्टीले सहभागीहरूलाई कम्तिमा ३ पटक बैठक गरेको माइन्यूटको फोटोकपी अनिवार्य लिएर आउन निर्देशन दिएको छ। यसले पार्टीको आन्तरिक गतिविधिमा पारदर्शिता र नियमितता सुनिश्चित गर्ने लक्ष्य राखेको देखिन्छ। यस कार्यक्रममार्फत पार्टीले आफ्नो सांगठनिक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरेको छ। कार्यक्रम हुने स्थान भने पछि तोकिने जानकारी दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै