ट्रेन्डिङ

बाढीले पर्साको महादेवपट्टिबाट ४२६/२६ नम्बरको एउटा पिलर बगायो

बीरगन्ज । पर्साको महादेवपट्टिबाट एउटा पिलर हराएको छ । तीन दिन अगाडि आएको बाढीले महादेवपट्टिबाट नेपाल–भारत सीमानामा पर्ने एउटा पिलर बगाएको हो ।

पर्सामा आएको बाढीले नेपाल–भारत सीमानाबाट एउटा पिलर हराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिकास्थित ओरिया खोलामा आएको बाढीले नेपाल–भारतको महादेवपट्टिबाट पिलर हराएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका अनुसार जिल्लामा आएको बाढीले सीमास्तम्भबाट एउटा पिलर हराएको हो । प्रहरीका अनुसार नेपाल–भारत सीमानामा रहेको ४२६÷२६ नम्बरको पिलर हराएको हो ।

बाढीले ३०÷४० फिट जमिन कटान गरी पिलर बगाएको प्रहरीले जनाएको छ । हराएको पिलरको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै