ट्रेन्डिङ

नेशनल मेडिकल कलेज र रोट्र्याक्ट क्लबबीच स्वास्थ्य सेवा सम्झौता

वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगन्जबीच आज एक महत्वपूर्ण सम्झौता भएको छ।

यस सम्झौताले रोट्र्याक्ट क्लबका सदस्य र उनीहरूका परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको यो सहमतिपत्र प्रारम्भमा एक वर्षका लागि लागू हुनेछ। सम्झौताअनुसार, रोट्र्याक्ट क्लबका सदस्यहरूलाई आपत्कालीन अवस्थामा ‘ग्यारेन्टी अफ पेमेन्ट’ को आधारमा तत्काल उपचार सेवा प्रदान गरिनेछ।

सम्झौतामा, स्वास्थ्य शिविर र अन–साइट क्लिनिकहरू नियमित रूपमा सञ्चालन गर्ने, साथै ओपीडी टिकट, बेड, सर्जरी, विभिन्न परीक्षण र फार्मेसी सेवाहरूमा विशेष छुट दिने व्यवस्था गरिएको छ।

कार्यक्रममा बोल्दै नेशनल मेडिकल कलेजकी शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिनले यो सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने र युवाहरूमा स्वास्थ्य सचेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, रोट्र्याक्ट क्लबकी अध्यक्ष रोशनी भट्टराईले आफ्ना सदस्यहरूका लागि यो एक ठूलो उपलब्धि भएको बताइन्।

कार्यक्रममा दुवै संस्थाका उच्च पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै