ट्रेन्डिङ

खानेमन्त्रीको पक्षमा वीरगन्जमा प्रदर्शन, गुनासो गर्ने युवतीलाई कारबाहीको माग

वीरगन्ज । पानीको समस्या र हैजाको प्रकोपबारे खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा गुनासो गर्ने एक युवतीलाई पक्राउ गरिएको विषयलाई लिएर मन्त्रीका समर्थकहरूले आज वीरगन्जमा प्रदर्शन गरेका छन्।

महिलाका समूहले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि जम्मा भएर युवती किरण साहलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन्।

हैजा नियन्त्रणबाहिर रहेको गुनासो गर्दै कडा शब्दमा प्रश्न सोधेको अडियो सार्वजनिक भएपछि किरणलाई विद्युतीय अपराध र ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ गरिएको छ। यसैको विरोधमा सोमबार पीडित पक्षले किरणको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए।

यसको जवाफमा आज मन्त्रीका समर्थकहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीले किरणले पानीको अभावको समयमा सहयोग गरेका नेताहरूलाई धम्की दिएको आरोप लगाएका छन्। नेपाल खानेपानी संस्थानका सदस्य सल्मा खातुन र मधुमाला यादव लगायतका नेताहरूको अगुवाइमा प्रदर्शन भएको हो । खातुन आशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)की केन्द्रिय सदस्य हुन् । उनी पोखरिया नगरपालिकाकी पूर्वउपप्रमुख हुन् ।
अहिले यो घटनाले जनस्वास्थ्य, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधिको जिम्मेवारीबारे व्यापक बहस सिर्जना गरेको छ। एकातर्फ जनताले आफ्नो समस्याबारे प्रश्न गर्दा कानूनी झमेलामा पर्ने अवस्था आएको छ भने अर्कोतर्फ मन्त्रीका समर्थकले उनको बचावमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै