ट्रेन्डिङ

वीरगन्जमा डेंगु र हैजा नियन्त्रणका लागि लायन्स क्लबको पहल, झुल र जीवनजल वितरण

वीरगन्ज । डेंगु र हैजाजस्ता रोगहरूको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै लायन्स क्लब अफ वीररगन्ज आदर्शनगरले एक विशेष कार्यक्रम आयोजना गरी झुल र जीवनजल वितरण गरेको छ।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली श्रीपुरको सहयोगमा मंगलबार आयोजित यस कार्यक्रममा ३०० थान झुल र ६०० थान जीवनजल वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले यस्ता सामाजिक पहलहरूको प्रशंसा गर्दै रोग नियन्त्रणका लागि जनचेतना र सामुदायिक सहभागिताको महत्वमा जोड दिए ।

लायन्स क्लब अफ वीरगन्ज आदर्शनगर, डिस्टिक ३२५ का अध्यक्ष सुरेश रुङ्गटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न पदाधिकारी, वडाध्यक्ष, प्रहरी अधिकारी र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले डेंगु र हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सावधानी अपाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै