ट्रेन्डिङ

सिमरामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

वीरगन्ज। बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरामा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

वीरगन्ज पथलैया सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार, मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका–७ का महेश पण्डित रहेका छन्। २८ वर्षीय पण्डितको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिए पनि ज्यान बचाउन सकिएन।

यस दुर्घटनामा घाइते हुनेहरूमा रौतहटको गुजरा गाउँपालिका–७ का २५ वर्षीय रोशन चौधरी र ३४ वर्षीय भुपेन्द्र चौधरी रहेका छन्। प्रहरीका अनुसार, सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

बा ९० प ६७९४ नम्बरको मोटरसाइकल चलाएका रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनको अहिले प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। सोही मोटरसाइकलमा सवार भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको र उनको उपचार एलएस न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै