वीरगन्ज । ‘सबका साथ, सबका विकास’ भन्ने मूल नारासहित शनिबार पोखरिया नगरपालिका–७ रानीगंज टोलमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गार्डेन चेयरहरू वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुद्दीन शमानीको सहयोगमा गार्डेन चेयर हस्तान्तरण कार्यक्रममा बिनध्याचल ठाकुर, नन्दन लाल कुर्मी, जहिर मियाँ, राजनारायण कुर्मी, योगेन्द्र प्रसाद कुर्मी लगायत स्थानीय अगुवा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो अभियानले गाउँलाई हराभरा, सफा–सुग्घर र व्यवस्थित बनाउनका साथै सामुदायिक पार्क निर्माणमा सहयोग पुर्याउने नेता शमानीले बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा पोखरिया नगरपालिकाका विभिन्न टोल–टोलमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।