Close This

ट्रेन्डिङ

यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाण्डौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ती प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराइले भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलाम एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै छ ।’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न प्रवक्ता भट्टराईले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै