ट्रेन्डिङ

मिर्चैयामा ‘ओभरपास’ बन्दै, पूर्व–पश्चिम यात्रा सहज हुने अपेक्षा

सिराहा । पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा सिराहाको मिर्चैयामा आधुनिक ओभरपास निर्माण कार्य सुरु भएको छ।

‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ नामक निर्माण कम्पनीले यो संरचनाको काम सन् २०२५ को डिसेम्बरभित्र सक्ने लक्ष्य लिएको छ।

पाँच सय मिटर लम्बाइ र छ मिटर उचाइको यो ओभरपासमा हालसम्म २४ वटा ‘पाइल’ राखिएको आयोजनाका सूचना अधिकारी सरोज कोइरालाले जानकारी दिए । यस ओभरपास निर्माण भएपछि पूर्व र पश्चिमतर्फका सवारी साधनहरू माथिबाट गुड्नेछन् भने उत्तर र दक्षिणतर्फका सवारी साधनहरू तलबाट क्रस हुनेछन्।

सोही आयोजनाअन्तर्गत लहान चोकमा पनि अर्को ओभरपास निर्माण भइरहेको छ। यद्यपि, बिजुलीका पोलहरू नसार्दा त्यहाँ केही प्राविधिक समस्या आएको निर्माण कम्पनीले जनाएको छ।

कुल १५ अर्ब ६६ करोडभन्दा बढी लागतमा कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार भइरहेको छ। जसमध्ये बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डको ६६.५० प्रतिशत काम सम्पन्न भइसकेको छ। यसरी निर्माण भइरहेका ओभरपासले पूर्वपश्चिम राजमार्गको यात्रालाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै