ट्रेन्डिङ

रौतहटमा चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला, दुई युवा पक्राउ

वीरगन्ज । रौतहटको वृन्दावन नगरपालिकाबाट करिब एक महिनाअघि चोरी भएको एउटा ट्रयाक्टर छिमेकी जिल्ला सर्लाहीमा फेला परेको छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

साउन ८ गते राति वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतबाट मधेश प्रदेश २–०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर चोरी भएको थियो। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, चोरी भएको दुई दिनपछि उक्त ट्रयाक्टर सर्लाहीको ईश्वरपुर नगरपालिका–११ मा सडक छेउको खाल्डोमा फेला परेको थियो।

ट्रयाक्टर चाँडै फेला परे पनि, अपराधीहरूको पहिचान गर्न भने प्रहरीलाई करिब एक महिना लाग्यो। गहन अनुसन्धानपछि प्रहरीले सर्लाही बरहथवा नगरपालिकाका १९ वर्षीय बिजेन्द्र दास र २६ वर्षीय विनोद पण्डितलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै