वीरगन्ज । रौतहटको रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार उनले आत्मदाहको प्रयास गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार, आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।
पासवानले रुबी साहको हत्या आफैंले गरेको प्रहरीसँग स्वीकार गरेका थिए। प्रहरीले उनलाई माधब नारायण नगरपालिका–६ को माधोपुर गाउँबाट घाइते अवस्थामा पक्राउ गरेको थियो।
यस घटनापछि रुबीको शव सुटकेसमा फेला परेको थियो। पासवानको मृत्युसँगै यो हत्याकाण्डको थप अनुसन्धान कसरी अगाडि बढ्छ भन्नेमा अहिले अन्योल देखिएको छ।