एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व अनेरास्ववियुका अध्यक्ष ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती र चरित्रहत्यासम्बन्धी जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतले महरलाई पक्राउ गर्न आदेश दिएको हो।

जिल्ला अदालत स्रोतका अनुसार, धामीले महरविरुद्ध साइबर क्राइम ब्युरोमा जाहेरी दिएकी थिइन्। धामीले महरले सामाजिक सञ्जालमा आफूविरुद्ध अपमानजनक र चरित्रहत्या हुने किसिमका सामग्रीहरू पोस्ट गरेको आरोप लगाएकी छन्। यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले महरको खोजी सुरु गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै